दफा ४७
ऋण असुल गर्दाको अन्य व्यवस्था
(१) तोकिएको समिति, संस्था वा अधिकारीले दफा ४६ बमोजिम ऋणको साँवा र व्याज असुल गर्दा साँवाको सयकडा १० ले व्याज लगाई असुल गर्नेछ ।
तर सो बमोजिम असुल गर्दा कुनै किसानलाई पीर पीराउ पर्ने देखिएमा सो समिति, संस्था वा अधिकारीले बढीमा ५ वर्षभित्र किस्तावन्दीमा साँवा र व्याज बुझाउनु पाउने गरी आदेश दिन सक्नेछ ।
(२) यो दफा र दफा ४६ बमोजिम ऋणको साँवा र व्याज असुल गर्नुपर्ने किसानबाट सो साँवा र व्याज पूरा असुल नभएसम्म वा यो परिच्छेद प्रारम्भ भएको २ वर्षभित्र जुन अघि हुन्छ सो म्यादभित्र कुनै साहूले आफूले उठाउन पाउने कृषि सम्बन्धी बाहेक अरू ऋणको साँवा, व्याज वा भरी पाउने बिगोको कुनै अङ्क वा किसानले खेतिमा लगाएको गोरु वा कृषिको अन्य साधन उठाउन, भराउन वा फिर्ता लिन पाउनेछैन ।
(३) यो दफा बमोजिम कुनै साहूले ऋण उठाउन नपाई निजको हद म्याद जाने रहेछ भने त्यसमा रोक्का फुकुवा भएको मितिले ७० दिनसम्म निजको हदम्याद कायम रहेको मानिनेछ ।